काठमाडौँ, ३० फागुन । नेकपा एमालेले केन्द्रीय सचिवालय (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
बैठक आज दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा बस्ने बताइएको छ ।
बैठकमा प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम टुंग्याउने मुख्य कार्यसूची रहेको छ । निर्वाचन आयोगले दलहरूलाई समानुपातिक सदस्यहरूको नाम भोलिसम्म बुझाउन पत्राचार गरिसकेको छ ।
यससँगै हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय, नेतृत्व परिवर्तनबारे उठेका बहस, आगामी रणनीति तथा समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।














