काठमाडौं, २९ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एक पनि सिट जित्न नसकेपछि सीके राउत, महन्त ठाकुर,राजेन्द्र महतो लगायतका नेताहरू सहभागी रहेको संघीय लोकतान्त्रिक मोर्चाले समीक्षा बैठक गरेको छ ।
बैठक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को बबरमहलस्थित कार्यालयमा बसेको हो ।
मधेश केन्द्रित दलहरूको उक्त मोर्चाले निर्वाचनमा कुनै सिट जित्न नसकेपछि पराजयको कारणबारे छलफल गर्न बैठक आयोजना गरिएको हो ।












