एन्जेसी, २९ फागुन । पाकिस्तानले अफगानिस्तानको राजधानी काबुल सहित धेरै शहरमा हवाई आक्रमण गरेका छन् ।
त्यसको प्रतिरोधमा तालिबानले पनि पाकिस्तानका शहरहरूमा घातक ड्रोन आक्रमण गर्न थालेको छ । पाकिस्तानले अतिवादी लुकेका ठाउँमा आफूले आक्रमण दाबी गरेको हो । न्यूज १८ ले पाकिस्तानी गुप्तचर उद्धृत गर्दै ती आक्रमण अफगान तालिबान र तहरीक–ए–तालिबान पाकिस्तानसँग सम्बन्धित ठाउँलाई लक्षित गरिएको थियो ।
तालिबानले भने पाकिस्तानी सेनाले सर्वसाधारणको हत्या गरेको आरोप लगाएको छ । उसले पाकिस्तानले गरेका आक्रमणहरूको बदला लिने चेतावनी दिएको छ । त्यसकै जवाफमा अफगान तालिबानले इस्लामाबाद, कराँची र क्वेटामा आक्रमण गर्ने धम्की दिएको थिए ।
अब आक्रमणहरू गरिएको छ । पाकिस्तानी वायुसेनाले काबुल र कान्दहार लगायत कैयौँ प्रान्तमा अफगान तालिबानका अड्डाहरूलाई निशाना बनाएको थियो। पाकिस्तानी हवाई आक्रमणपछि बल्ख प्रान्तका तालिबान गभर्नरका प्रवक्ता हाजी जाहिदले पाकिस्तानविरुद्ध धम्की दिँदै इस्लामाबाद, कराँची र क्वेटालाई सम्भावित निशानाको रूपमा उल्लेख गरे ।
अमाज न्युजले पाकिस्तानी हवाई आक्रमणको डरले तालिबानले काबुल विमानस्थलको सैन्य क्षेत्र खाली गराएको दाबी गरेको छ। सैन्य विमानस्थलबाट सबै सवारीसाधन र विमानहरू हटाएको छ। पाकिस्तानी आक्रमणको डरले तालिबान अधिकारीहरू हेलिकप्टरबाट बामियान, घोर र दैकुन्डी प्रान्तमा सरेका छन्।












