काठमाडौं, २९ फागुन । तारकेश्वर नगरपालिका–६ नेपालटार पैयुँटारस्थित एक घरमा चोरी भएका छन् ।
पैयुँटारस्थित एक घरमा डेरा गरी बस्ने नुवाकोट घर भएकी २३ वर्षीया पार्वती पौडेलको कोठाबाट चोरी भएको हो । उनको कोठामा रहेको सुन तथा चाँदीका विभिन्न गरगहना र नगद समेत गरी करिब ३३ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको प्रहरीले बताए ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा
आवश्यक अनुसन्धान गरिरहेको छ ।












