काठमाडौं, २९ फागुन । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष टेकप्रसाद लिम्बु उपचारको क्रममा निधन भएका छन् ।
आन्द्राको क्यान्सरबाट पीडित लिम्बूको उपचार भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा भइरहेको थियो । साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईका अनुसार ५५ वर्षको लिम्बू लामो समयदेखि क्यान्सर रोगको उपचारमा थियो ।
२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित लिम्बू केही महिनादेखि भारतमा उपचाररत रहेका थिए । उपचारकै क्रममा उनको दिल्लीमा निधन भएको हो । उनको निधनको शोकमा गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको अध्यक्ष राईले बताए । स्वर्गीय लिम्बू सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए ।












