काठमाडौं, २९ फागुन । निर्वाचन आयोग मा प्रतिनिधिसभा उम्मेदवारहरूले चुनावी खर्च विवरण बुझाउने क्रम सुरु भएको छ ।
आयोगले पारदर्शिता कायम गर्न उम्मेदवार र राजनीतिक दललाई निर्वाचन प्रचार–प्रसारमा भएको आम्दानी तथा खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ ।
कानुनअनुसार प्रत्यक्षतर्फका उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिकतर्फका दलहरूले आयोगले तोकेको ढाँचामा खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ ।
हालसम्म खर्च विवरण बुझाउनेमा बालेन्द्र शाह, स्वर्णिम वाग्ले, रवि लामिछाने, सोविता गौतम, महावीर पुन, सूर्य थापा, शंकर पोखरेल र कमल थापा लगायत छन् ।
उनीहरूले केही लाखदेखि झण्डै ३० लाख रुपैयाँसम्म खर्च भएको विवरण बुझाएका छन् । आयोगले तोकिएको समयभित्र विवरण नबुझाउने उम्मेदवार वा दललाई कानुनअनुसार कारबाही गर्ने जनाएको छ ।












