सुर्खेत, २८ फागुन । १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको घटनामा न्याय माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ ।
प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाहीको माग गर्दै विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । यस घटनाको थप अनुसन्धानका लागि सुर्खेत प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँग सहयोग मागेको छ ।
प्रहरी निरीक्षकको कमान्डमा सीआईबीको टोली अनुसन्धानका लागि वीरेन्द्रनगर पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।














