काठमाडौं, २८ फागुन । निर्वाचन आयोगले धनुषा–१ मा नेकपाका उम्मेदवार मातृका यादवलाई निर्वाचित भएको घोषणा गरेको छ ।
रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएपछि उनको मत अद्यावधिक नगरिँदा दोस्रो स्थानमा रहेका यादवलाई विजेता घोषणा गरिएको हो ।
यसअघि निर्वाचन अधिकृतको कार्यालयले यादवलाई प्रमाणपत्र दिइसकेको थियो । कालो सूचीमा रहेको कारण साहको उम्मेदवारी खारेज गरिएको थियो भने सो विषयमा अदालतले शुक्रबार निर्णय गर्ने बताइएको छ । आयोगले १६५ वटै क्षेत्रको मतपरिणाम घोषणा गरिसकेको छ ।














