काठमाडौं, २७ फागुन । २१ फागुनमा सम्पन्न निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।
नयाँ दलका रूपमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी राष्ट्रिय दल बनेको छ, जसले प्रत्यक्षतर्फ तीन सिट जित्नुका साथै समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड पार गरेको छ ।
अन्य राष्ट्रिय दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् ।














