जनकपुर, २४ फागुन । सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बब्लु गुप्ता ४१ हजार ३२२ मतसहित विजयी भएको छ ।
गुप्ताले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई ३१ हजार ५३८ मतान्तरले पराजित गरेका छन् ।
नेकपा एमालेका रामशंकर यादवले ७ हजार ८८६, नेकपाका रामचन्द्र यादवले २ हजार ८५३ र जसपाका सत्यनारायण यादवले २ हजार २८५ मत प्राप्त गरेको हो ।














