काठमाडौँ, २३ फागुन । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणनाका लागि आफ्नो निर्वाचन क्षेत्रीय प्रतिनिधि खटाउन मातहतका समितिहरूलाई निर्देशन दिएको छ ।
पार्टीको केन्द्रीय कार्यालयले जिल्ला र १६५ वटै निर्वाचन क्षेत्रीय कार्यसमितिलाई प्रतिनिधिहरूको नामावली छिटो पठाउन पनि आग्रह गरेको छ ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा हस्ताक्षरित पत्रमार्फत मतगणना प्रतिनिधिहरूको उचित व्यवस्था सुनिश्चित गर्न भनिएको छ ।














