काठमाडौं, १८ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान हुने ८८फागुन २१ गते आन्तरिक हवाई उडान बन्द नहुने भएको छ ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार निर्वाचन आयोगको आचारसंहिताले हवाई उडान नरोक्ने व्यवस्था गरेकाले औपचारिक रूपमा उडान सञ्चालनमै रहनेछ ।
यद्यपि यात्रु संख्या न्यून रहने अनुमानका कारण केही एयरलाइन्सले उडान संख्या घटाउन सक्ने जनाइएको छ । अत्यावश्यक तथा उद्धार उडान भने निरन्तर सञ्चालन हुनेछन् ।
अन्तर्राष्ट्रिय उडान पनि बन्द नहुने भए तापनि यात्रु संख्या र सुरक्षाका कारण नियमित नहुन सक्ने प्राधिकरणले जनाएको छ ।














