बाँके, १७ फागुन । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सबै सुरक्षा तयारी पूरा भइसकेको बताएका छन् ।
निर्वाचनको सुरक्षा अवस्था बुझ्न बाँके पुगेका उनले सरकार स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सुनिश्चित गर्न पूर्ण प्रतिबद्ध रहेको स्पष्ट गरे ।
नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री अर्यालले ढुक्क भएर मतदान गर्न नागरिकलाई आग्रह गर्दै जिल्लाको सुरक्षा रणनीति र पूर्वतयारी सन्तोषजनक रहेको बताए ।
निर्वाचन बिथोल्न खोज्ने कुनै पनि समूहलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने चेतावनी पनि उनले दिए । देशभर निर्वाचनको माहोल बनेको उल्लेख गर्दै उनले व्यापक जनसहभागितासहित शान्तिपूर्ण निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे।
साथै, बाँके जिल्लामा धार्मिक सहिष्णुता कायम राख्न स्थानीय नेतृत्व सफल भएको भन्दै प्रशंसा गरे ।














