काठमाडौं, २५ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने भएका छन्। उनले विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाउने निर्णय गरेका छन्।
निर्मल निवासस्थित संवाद सचिवालयले जारी गरेको सूचनाअनुसार भदौमा आएको भीषण बाढी र असोजको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको तथा धेरै मानिस विस्थापित भएकाले दसैँ सादगीपूर्वक मनाउन लागिएको हो।
सचिवालयले आस्था, मान्यता र मर्यादा कायम राख्दै यस वर्ष टीका लगाउने कार्यक्रम नराखिएको जनाएको छ।















