काठमाडौं, १७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
उनीहरूलाई आइतबार सुर्खेतमा आयोजित कार्यक्रममा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले स्वागत गरेका हुन् ।
कांग्रेसका अनुसार बिक र बस्नेतसँगै रास्वपा छाडेका दर्जनौं नेता–कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरेका छन् ।














