एजेन्सी । इरानको सरकारी समाचार एजेन्सी इस्लामिक रिपब्लिक न्युज एजेन्सी (आईआरएनए) का अनुसार शनिबार एक कन्या विद्यालयमा भएको हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ५३ पुगेको छ भने ६३ जना घाइते भएका छन् ।
शिक्षा मन्त्रालयका प्रवक्ताका अनुसार विद्यालयमा तीनवटा क्षेप्यास्त्र प्रहार भएको हो र भग्नावशेष हटाउँदै सम्भावित पीडितको खोजी भइरहेको छ ।
इजरायल–अमेरिकाले राजधानी तेहरानसहित १० सहरमा हवाई आक्रमण गरेको इरानको दाबी छ। यसैबीच विदेशमन्त्री अब्बास अराघचीले सर्वोच्च नेता अयातोल्लाह अली खामेनी सुरक्षित रहेको बताएका छन् ।
इरानी सरकारी सञ्चारमाध्यमले वरिष्ठ अधिकारी र सेना प्रमुखको मृत्यु अस्वीकार गरेको भए पनि रोयटर्सले स्रोत उद्धृत गर्दै रक्षामन्त्री अमिर नासिरजादेह र रिभोलुसनरी गाड्र्स (आईआरजीसी) का कमान्डर मोहम्मद पाकपुर मारिएको दाबी गरेको छ ।














