एजेन्सी । इरान को होर्मोज्गान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका विद्यालयमा इजरायल ले गरेको हवाई आक्रमणमा पाँच विद्यार्थीको मृत्यु भएको छ।
इरानी सरकारी समाचार एजेन्सी इरना का अनुसार विद्यालयलाई निशाना बनाएपछि देशभर आक्रोश बढेको छ। यसको प्रतिउत्तरमा इरानले इजरायलमाथि मिसाइल आक्रमणको नयाँ लहर सुरु गरेको छ, जसका कारण तेल अभिभ सहितका सहरमा विस्फोट भएका छन्। इजरायली सेनाले मिसाइल आक्रमण पुष्टि गर्दै देशभर साइरन बजाइएको जनाएको छ।
आक्रमणको प्रभाव खाडी क्षेत्रसम्म फैलिँदै गएको छ। कतार र साउदी अरब ले इरानको मिसाइल आक्रमणको कडा निन्दा गरेका छन्। साउदीले यूएई, बहराइन, कतार, जोर्डन र कुवेतमाथि भएको आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भन्दै चेतावनी दिएको छ।














