एजेन्शी, साउदी अरब ले इरान ले युएई, बहराइन, कतार, जोर्डन र कुवेतमा गरेको मिसाइल आक्रमणको कडा निन्दा गरेको छ।
साउदीले यसलाई राष्ट्रको सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भन्दै यस्ता गतिविधि जारी रहे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।
यसैबीच, इजरायल र इरानबीच आक्रमण सुरु भएपछि कतार, कुवेत र युएईले अस्थायी रूपमा आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्। शनिबार इजरायलले इरानका विभिन्न सहरमा हवाई आक्रमण गरेको बताइएको छ।














