एजेन्शी, संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबी मा इरानबाट प्रहार गरिएका मिसाइलहरू रोकिए पनि खसेको भग्नावशेषका कारण एक जनाको मृत्यु भएको छ।
यूएई सरकारले यसलाई राष्ट्रिय सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै कडा प्रतिक्रिया जनाएको छ।इरान–इजरायल तनाव बढ्दै जाँदा टर्किस एयरलाइन्स ले खाडी तथा मध्यपूर्वका धेरै देशतर्फका सबै उडान रद्द गरेको छ।
यसैबीच, फार्स न्युज एजेन्सी ले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूलाई निशाना बनाइएको पुष्टि गरेको छ।














