सिरहा, १६ फागुन । जिल्ला प्रशासन कार्यालय सिरहाले प्रतिनिधिसभा निर्वाचनको मौन अवधिसँगै परेको होली पर्व घरमै शान्तिपूर्वक मनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले होहल्ला, भीडभाड तथा अनावश्यक सवारी सञ्चालन नगर्न आग्रह गरेका छन् । प्रशासनले मादक पदार्थ वा लागुऔषध सेवन गरी सवारी चलाए कडा कारबाही गरिने चेतावनी दिएको छ ।
निर्वाचन सुरक्षाका लागि जिल्लाभर ६ हजार ७५७ सुरक्षाकर्मी परिचालन गरिएको छ ।














