ओखलढुङ्गा, १५ फागुन । गृहमन्त्री ओमप्रकाश अर्यालले शान्तिसुरक्षाको व्यवस्था सुदृढ बनाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।
आम निर्वाचनको तयारी अवलोकनका लागि ओखलढुङ्गा पुगेका उनले कानुनविपरीत गतिविधि गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पार्दै निष्पक्ष निर्वाचनमा जोड दिए ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घनकर्तामाथि कडा कारबाही हुनुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रान्तिले सुरक्षा अवस्थाबारे जानकारी गराए भने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले दलहरूसँग समन्वयमा काम भइरहेको बताए ।














