काठमाडौं, १४ फागुन । नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिट जारी गर्दै उनलाई रिहा गर्न आदेश दिएको हो ।
निर्वाचन बिथोल्ने आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका बास्तोलाको हकमा गृह मन्त्रालयले कारण पेस गरेपछि अदालतले अन्तिम फैसला सुनाएको हो ।














