काठमाडौँ, १३ फागुन । गृह मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दैनिक रूपमा निर्वाचन सुरक्षा समीक्षा थालेको छ ।
केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बस्ने बैठकमा सुरक्षा रणनीति, जनशक्ति परिचालन र जिल्ला तहको समन्वयलाई प्रभावकारी बनाइँदै आएको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय सुरक्षा परिषद् देखि जिल्ला सुरक्षा समितिसम्मका संयन्त्रमार्फत केन्द्रदेखि स्थानीय तहसम्मको सुरक्षा अवस्था, सूचना र निर्वाचन गतिविधिको दैनिक निगरानी तथा विश्लेषण भइरहेको गृह मन्त्रालयले जनाएको छ ।














