काठमाडौं, २८ पुष । चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई पराजित गर्दै बार्सिलोनाले स्पेनिस सुपर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
आइतबार राति साउदी अरेबियामा सम्पन्न रोमाञ्चक फाइनल खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३–२ गोलले हराउँदै इतिहासमा १६औँ पटक स्पेनिस सुपर कपको उपाधि आफ्नो नाममा लेखाएको हो ।
उच्च प्रतिस्पर्धात्मक खेलको सबै पाँच गोल पहिलो हाफमै भएका थिए, जसले खेललाई थप रोमाञ्चक बनाएको थियो । बार्सिलोनाको जितमा राफिन्हा नायक बने, जसले दुई महत्वपूर्ण गोल गर्दै टोलीलाई उपाधि नजिक पु¥याए ।
उनले खेलको ३६औँ र ७३औँ मिनेटमा गोल गरेका थिए। बार्सिलोनाको अर्को गोल भने रोबर्ट लेवान्डोवस्कीले पहिलो हाफको इन्जुरी समयमा गरेका थिए । रियल म्याड्रिडका लागि भिनिसियस जुनियर र गोन्जालो गार्सियाले एक–एक गोल फर्काए। दुवै गोल पनि पहिलो हाफको इन्जुरी समयमा आएका थिए ।
अन्तिम समयसम्म प्रतिस्पर्धा कायम रहे पनि रियल म्याड्रिडले खेललाई बराबरीमा ल्याउन सकेन। यो स्पेनिस सुपर कपको ४२औँ संस्करण हो । यस जितसँगै बार्सिलोना स्पेनिस सुपर कप इतिहासमा सबैभन्दा धेरै पटक उपाधि जित्ने टोलीका रूपमा अझ बलियो बनेको छ ।














