काठमाडौं, ३ कार्तिक । बडादशैँको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा नवकन्याको पूजाआराधना गरेका छन्।
उनले प्रथम महिला सविता पौडेलसहित धार्मिक विधिअनुसार नौ जना कन्याको पूजा गरेका हुन्। सनातन धार्मिक परम्पराअनुसार नवदुर्गाका नौ स्वरूपको प्रतीक मानेर कन्याको पूजा गर्ने चलन छ।
सोहीअनुसार राष्ट्रपति पौडेल र प्रथम महिला पौडेलले कन्याहरूको गोडा धोएर टीका तथा माला लगाई पूजा गरेका थिए। पूजापछि उनीहरूले नवकन्यालाई टीका, दक्षिणा र विभिन्न उपहार सामग्री प्रदान गरेका थिए।














