काठमाडौं, १ मंसिर । सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच सांसदको पदमुक्ति तत्काल नलाग्ने निर्णय गरेका छन् ।
न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सभामुख रामचन्द्र मण्डललाई ती पाँच सांसदलाई तत्काल पदमुक्त नगर्न निर्देशन दिएको हो ।
गत कात्तिक २७ गते सभामुख मण्डलले जसपा दलका चार सांसद र नागरिक उन्मुक्ति पार्टीकी एक सांसदलाई पदमुक्त गर्ने निर्णय गरेका थियो । पदमुक्त सांसदहरूमा जसपा दलका मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार, सारदा शंकर साह कलबनर र नागरिक उन्मुक्ति पार्टीकी उर्मिला सिंह पर्छन् ।
सांसदहरूले सभामुखको यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए, जसको सुनुवाइमा अदालतले तत्काल पदमुक्त नगर्न आदेश दिएको हो ।














