जनकपुर, २८ कार्तिक । मधेस प्रदेशका पाँच जना प्रदेशसभा सदस्य पदमुक्त भएको सूचना प्रदेश राजपत्रमा प्रकाशित भएको छ ।
लगातार १० बैठक अनुपस्थित रहेकाले जसपा नेपालका संजयकुमार यादव, सिंहासन सा कलवार, सारदा संकर प्रसाद कलवार, मनिषकुमार सुमन र नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंहलाई पदमुक्त गरिएको हो ।
संजयकुमार यादवले सभामुखले ‘गुण्डागर्दी शैली’मा पदमुक्त प्रक्रियालाई अगाडि बढाएको आरोप लगाएका छन् ।
उनले आफ्नो हाजिरी विवरण दिन सचिवालयले अस्वीकार गरेको दाबी गर्दै कानूनी लडाइँ तथा जनतामाझ जाने तयारी व्यक्त गरेका छन् ।
पदमुक्तमध्ये ३ जना प्रत्यक्ष र २ जना समानुपातिक सदस्य थिए ।














