काठमाडौँ, २१ बैशाख । बालेन्द्र शाहको निर्देशनपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडिओ खिच्न रोक लगाइएको छ ।
मन्त्रिपरिषद् बैठकअघि बाहिरबाट दृश्य सङ्कलन गरिरहेका पत्रकारलाई प्रधानमन्त्री शाहले असन्तुष्टि जनाउँदै रोक्न निर्देशन दिएपछि सुरक्षाकर्मीले कडाइ गरेका हुन् ।
त्यसपछि सञ्चारकर्मीलाई त्यहाँबाट हट्न र भिडिओ खिच्न नदिन आदेश दिइएको थियो । यस घटनाले प्रेस स्वतन्त्रता र सूचनाको हकबारे चासो बढाएको छ । यद्यपि सरकारका प्रवक्ता सस्मित पोखरेलले भने कडाइ नभई आवतजावतलाई व्यवस्थित बनाउन यस्तो गरिएको बताएका छन् ।














