काठमाडौँ, २१ वैशाख । नेपाली कांग्रेसले सुकुमबासी बस्तीबाट विस्थापित गरी होल्डिङ सेन्टरमा राखिएका नागरिकहरूको अवस्था अमानवीय भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनीहरूको मानवअधिकार संरक्षण र आधारभूत आवश्यकता पूर्तिका लागि चार बुँदे निर्णय गर्दै अनुगमन टोली गठन गर्ने जनाएको छ ।
कांग्रेसले वास्तविक सुकुमबासीको पहिचान गरी दीर्घकालीन आवास व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ भने राहत वितरणमा पार्टीका सबै तहलाई सक्रिय हुन निर्देशन दिएको छ ।
साथै, विस्थापितहरूको अधिकारका लागि संसद् र सडक दुवैबाट दबाब सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ ।














