नयाँ दिल्ली, कात्तिक २८ । भारतको पुणे सहरको बाहिरी इलाकास्थित नवले पुल नजिक गएराति भएको सडक दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार ब्रेक फेल भएको एक ट्रकले करिब १३ वटा सवारीसाधनलाई एकपछि अर्को गर्दै ठक्कर दिएको थियो । फलाम बोकेको उक्त ट्रक मुम्बईतर्फ जाँदै गर्दा साँझ ५ः४५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि उद्वारकार्य जारी रहेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।














