काठमाडौं, २० कात्तिक । काठमाडौं गोंगबु क्षेत्रबाट चार जना युवालाई खैरो हेरोइनसहित प्रहरीले पक्राउ भएका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति सुजल विश्वकर्मा (२८), निरज लामा (३२), बिदुर याङ्बो (३१) र रोमन राई (१९) हुन्।
उनीहरू गोंगबुस्थित दीपज्योति क्षेत्रमा रहेको टिनको छाप्रोमा बस्दै आएका थिए ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विश्वकर्माको डेरा कोठामा खोजतलासी गर्ने क्रममा खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको हो ।
प्रहरीले बरामद गरिएको पदार्थलाई परीक्षणका लागि पठाएको र पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।














