काठमाडौं, १८ कार्तिक । बुधवार हुन लागेको नौ वाम दलबीचको एकता अनुमोदन गर्न माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ ।
बैठक मंगलबार दिउँसो एकबजे प्रज्ञा भवन कमलादीमा बस्ने तय भएको नेता लीलामणि पोख्रेलले जानकारी दिए । नेकपा एकीकृत समाजवादीसहित नौवटा वाम दलबीच हुन लागेको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको उनले बताए ।
आजको बैठकमा नेताहरूलाई बोल्ने समय भने छुट्याइको छैन । बैठक आजै सक्ने तयारी छ । माओवादी र एकीकृत समाजवादीसहतिका वाम दलबीचको एकतालाई लिएर दुवै पार्टीभित्र विवाद छ ।
माओवादी केन्द्रका जनार्दन शर्मा र एकीकृत समाजवादीका झलनाथ खनालसहितका नेताले एकताप्रति असहमती जनाएका छन् ।














