रुपन्देही, १८ कार्तिक । रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेशनलको गेट अगाडि गए राति १ बजे गोली चल्दा होटलका सुरक्षा गार्ड मीनबहादुर परियार घाइते भएका छन् ।
अपरिचित व्यक्तिले होटल प्रवेश रोक्न खोज्दा गार्डमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
गोली लागेका परियारको भीम अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ । घटना भारतीय नागरिक संलग्न हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।














