काठमाडौं, १७ कात्तिक । जेनजी आन्दोलनका क्रममा तीन प्रहरीको हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
असई मिलन राय, जवान उत्तम थापा र सहायक हवल्दार अमृत गुरुङको हत्या प्रकरणमा सिन्धुपाल्चोकका होमप्रसाद पौडेल, उदयपुरका टिकाराम विक, काभ्रेका युवराज क्याप्छाकी, मकवानपुरका सोनाम तामाङ (बुद्धिलाल थिङ) र कैलालीका अनुयम भण्डारीलाई अदालतले पुर्पक्षका लागि जेल पठाएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हाल पनि सात जना प्रहरी हत्या आरोपित हिरासतमा छन् । उनीहरूविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको र चाँडै मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनमा तीन प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो ।














