जनकपुर, १७ कात्तिक । जनकपुरमा कार्यरत पत्रकारहरूको समन्वय र संसदीय गतिविधिमा केन्द्रित सूचना प्रवाह सुदृढ गर्न “संसदीय पत्रकार मञ्च” मधेश प्रदेश तदर्थ समिति गठन गरिएको छ ।
पत्रकार निरन्जन साहको नेतृत्वमा गठन गरिएको २१ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष प्रमोद साह, उपाध्यक्ष नवीन प्रियदर्शी, महिला उपाध्यक्ष प्रतिभा झा, सचिव मुकेश ठाकुर, सह–सचिव कुलदीप दास(प्रेम) र कोषाध्यक्ष ज्योति झा चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा कुशेश्वर उपाध्याय, ललन साह, बिनोद महतो, राजेश महतो, बिरेन्द्र कर्ण, मनोज मोरवैता, बिनिता कामत, गिरिजानन्द साह, धिरेश दत्त, नागेन्द्र महरा र आलम रहेका छन् ।
मञ्चमा पत्रकारितामा अनुभवी व्यक्तिहरूलाई सल्लाहकारको रूपमा पनि समेटिएको बताइएको छ । संस्थाको उद्देश्य पत्रकारबीच सहकार्य, संसदीय विषयमा अध्ययन–अनुसन्धान प्रवद्र्धन र तथ्यपरक समाचार संप्रेषणमा जोड दिने रहेको छ ।














