काठमाडौं, २२ वैशाख । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका केही भागमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएका छन् ।
महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेशअन्तर्गत बाँके, दाङ, रुपन्देही, कपिलवस्तु लगायत आसपासका क्षेत्रमा हावाहुरीको जोखिम उच्च रहनेछ ।
यस्तै, आज राति मधेश प्रदेशका बारा, पर्सा, रौतहटसहित केही जिल्लामा पनि तीव्र हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ ।
सम्भावित हावाहुरीबाट जनधनको क्षति हुन सक्ने भएकाले सतर्कता अपनाउन र आवश्यक सुरक्षा उपायहरू अवलम्बन गर्न महाशाखाले सबैलाई आग्रह गरेको छ ।














