काठमाडौं, १० असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजले स्वदेशी विद्वान् तथा लेखकका विचारभन्दा विदेशी लेखकका रचनालाई बढी महत्त्व दिने गरेको बताएका छन्।
मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले नेपाली लेखकका तथ्यपूर्ण र तर्कसङ्गत विचारलाई पर्याप्त महत्त्व नदिने प्रवृत्ति चिन्ताजनक रहेको बताए।
उनले नेपालकै ज्ञान, दर्शन, साहित्य र बौद्धिक योगदानको सम्मान गर्दै स्वदेशी लेखकका रचनालाई अध्ययन तथा सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए।
साथै, नेपाली लेखक तथा चिन्तकहरूसँग छलफल गर्ने योजना रहेको पनि उनले जानकारी दिए।














