जनकपुर, २२ वैशाख । जनमत पार्टीले मधेश प्रदेश संसदीय दलको नेतृत्व परिवर्तन गर्दै महेश प्रसाद यादवलाई हटाएको छ ।
उनको स्थानमा चन्दन कुमार सिंहलाई नयाँ नेता नियुक्त गरिएको छ । पार्टी अध्यक्ष सीके राउतले विज्ञप्तिमार्फत निर्णय सार्वजनिक गरेका हुन् ।
मधेश सरकारलाई समर्थन दिने वा फिर्ता लिने विषयमा पार्टीभित्र विवाद भइरहेका बेला यो नेतृत्व परिवर्तन भएको हो ।
यसअघि सिंहको नेतृत्वमा बहुमत सांसदहरूले समर्थन फिर्ताको पत्र बुझाएका थिए भने यादवले पछि समर्थन कायमै रहेको दाबी गरेका थिए । 














