काठमाडौं, २२ वैशाख । Smart Telecomका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (CIB)ले उनलाई ठगी तथा आपराधिक विश्वासघात आरोपमा काठमाडौंको खुर्सानीटारबाट नियन्त्रणमा लिएको जनाएको छ।
स्मार्ट टेलिकमको लाइसेन्स २०८० वैशाखमा नवीकरण नभएपछि स्वतः खारेज भएको थियो र कम्पनीको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो। ती सम्पत्तिमा अनियमितता गरेको आरोप जोशीमाथि लगाइएको छ।














