काठमाडौं, २२ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएका छन् ।
राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आज मगलवार मतदाता सहभागी भइरहेको छ । महासंघको ६०औं वार्षिक साधारणसभा सोमबार उद्घाटन भएको थियो ।
विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेकाले अन्जन श्रेष्ठ अध्यक्ष बन्ने निश्चित भएको छ । हाल उपाध्यक्ष र कार्यकारिणी समिति सदस्य पदका लागि भने प्रतिस्पर्धात्मक मतदान भइरहेको छ ।
यसमा हेमराज ढकाल र शिव प्रसाद घिमिरे नेतृत्वका दुई प्यानल चुनावी मैदानमा छन् । महासंघका अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ लगायतले आफ्नो मत खसालिसकेका छन् ।










