काठमाडौं, ३ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नहुने व्यवस्था गर्नुपर्ने भन्दै त्यसका लागि छलफल भएको बताएका छन् ।
सोमबार पत्रकार सम्मेलन गरेर उनले मन्त्री हुँदा आफूले करिब एक महिनामा गरेका कामबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् । ‘कुलपति प्रधानमन्त्री हुने चलन छ ।
अब प्रधानमन्त्री नरहने व्यवस्था गर्नुपर्छ । छलफल हुँदैछ,’ पुनले भने । तर, त्यसका लागि कानुनी व्यवस्था गर्नुपर्ने र अहिले संसद् नभएकाले कानुन बनाउने स्थिति पनि नरहेको उल्लेख गरे ।
अध्यादेश पनि ल्याउन पाइँदैन ।














