काठमाडौं, २ कार्तिक । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राजसंस्थालगायत सबै पक्षलाई समेटेर सर्वपक्षीय संवाद आवश्यक रहेको बताएका छन् ।
ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनले वर्तमान सरकार दलहरूलाई निषेध गर्ने रणनीतिमा लागेको आरोप लगाए । श्रेष्ठले एनजीओमार्फत राजनीतिक दलहरू विस्थापित गर्ने प्रयासले लोकतन्त्र र राष्ट्रियता कमजोर हुने चेतावनी दिए ।
उनले जेनजी आन्दोलन, राजसंस्था र फरक मत राख्ने शक्तिहरूसँग संवादमार्फत समाधान खोज्नुपर्ने बताए । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा जेनजी आन्दोलनपछिको अस्थिरताले चुनाव नै अनिश्चितजस्तै देखिएको पनि उनको धारणा छ ।
साथै, कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरे पनि अन्य दलका नेताले त्यो पहल नगरेकोमा उनले असन्तोष व्यक्त गरे ।














