काठमाडौं, १ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षाका चारै निकायका प्रमुखहरूलाई भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न निर्देशन दिएका छन् ।
राष्ट्रपति भवनमा शनिबार भएको छलफलमा अन्तरिम प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र सुरक्षा प्रमुखहरूको सहभागिता थियो ।
राष्ट्रपतिले शान्ति–सुरक्षा मजबुत बनाउन सुरक्षानिकायलाई ’बोल्ड्ली’ प्रस्तुत हुन आग्रह गरे भने भदौ २४ मा लुटिएका हतियार र भागेका कैदी तुरुन्त फिर्ता ल्याउन पनि निर्देशन दिए ।
प्रधानमन्त्री कार्कीले सरकार पूर्ण तयारीसाथ रहेको र आवश्यक सबै स्रोतसाधन सुरक्षा निकायलाई उपलब्ध गराउने बताइन् ।
सुरक्षा प्रमुखहरूले कठिन परिस्थितिमा समेत शान्तिपूर्ण निर्वाचन गराएको अनुभव सुनाउँदै, आउँदो निर्वाचनका लागि तयार रहेको बताएका छन् ।














