काठमाडौं, १ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलो पटक पार्टी मुख्यालय च्यासल पुगेका छन् ।
जेनजी आन्दोलनको क्रममा २४ भदौमा एमाले कार्यालयमा आगजनी र तोडफोड भएको थियो । त्यसपछि एमालेले पार्टीको सचिवालय लगायतका बैठक समेत गुण्डुस्थित ओली निवासमै गरेको थियो ।
केन्द्रीय कमिटी बैठक भने ललितपुरको एक होटलमा भएको थियो । बैठक सकिएको भोलिपल्ट एमालेले पार्टी मुख्यालयमा चियापान कार्यक्रम राखेको छ ।
त्यहीँ सहभागी हुन ओली च्यासल पुगेका हुन् । कार्यक्रममा एमालेका अन्य पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवालीलगायत पनि सहभागी छन् ।














