काठमाडौं, १ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेका छन् ।
छलफल जेनजी आन्दोलनपछि देशको सुरक्षा अवस्था, चुनावको वातावरणलगायत विषयमा केन्द्रित रहेको स्रोतले जनाएको छ । छलफलमा प्रधानमन्त्रीसहित चारवटै सुरक्षा निकायमा प्रमुख सहभागी छन् ।
छलफल राष्ट्रपतिको कार्यालय शीतल निवासमा जारी छ ।














