काठमाडौं, ३० असोज । जनमत पार्टी विभाजनविरुद्ध अध्यक्ष सीके राउतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
उनले राजनीतिक दलसम्बन्धी ऐन निष्क्रिय अवस्थामा रहेको र पार्टीले पहिले नै कारबाही गरेका व्यक्तिहरूको हस्ताक्षर प्रयोग गरेर दल विभाजन गरिएको भन्दै त्यसको वैधता चुनौती दिएका छन् ।
राउतले निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर रिट दायर गरेका हुन् । जनमत पार्टी फुटाएर उपाध्यक्ष दीपककुमार साहसहितले जनस्वराज पार्टी गठन गरेका छन् ।
राउतको रिटमा सुनुवाइ शुक्रबार तोकिएको छ ।














