काठमाडौं, ३० असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चामा आवद्ध दलहरूबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको बताएका छन् ।
चितवनमा आयोजित कार्यकर्ता भेटमा उनले केही दिनमै एकता घोषणा हुने र यसले वामपन्थी ध्रुवीकरण तथा समाजवादी क्रान्तिको सुरुआत गर्ने विश्वास व्यक्त गरे ।
पार्टी एकता एमालेसम्म पुगेर रोकिने उल्लेख गर्दै उनले हालको युवाहरूको आन्दोलनलाई ‘नयाँ राजनीतिक चेतना’को सङ्केत भनेका छन्, जुन माओवादी आन्दोलनका मागसँग मेल खाने बताएका छन् ।














