काठमाडौं, २७ असोज । जेनजी प्रतिनिधिहरुले राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भनिएको छलफल अनिश्चित भएको छ ।
शनिबारको वार्ताको बिचैमा राष्ट्रपति पौडेल विरामी भएपछि प्रधानमन्त्री सुशीला कार्कीसँग मात्र छलफल गरेका थिए। त्यसपछि आज छलफल तय भएको थियो ।
तर, जेनजी युवाहरुबीच नै कसले नेतृत्व गर्ने भन्ने विषयको विवाद नटुुंपगिएकाले वार्ता अनिश्चित बनेको हो । थरिथरी जेनजीका कारण सरकार र राष्ट्रपति हैरान भएका छन् ।
शनिबार पनि १७ जना सहभागी हुने भनिएकामा २० जना सहभागी भएका थिए । तर, केही युवाहरुले वार्तामा बसेका सबै अमेरिकी युथ काउन्सिलसँग जोडिएका पात्र भएकाले आफूहरु असली जनेजी भएको दाबीसहित नाराबाजी गरेका थिए ।
त्यसयता सरकारमा कसलाई पठाउने भन्नेबारे उनीहरुबीच विवाद भएको छ । जेनजी प्रतिनिधि रक्षा बमले अहिलेसम्म छलफलका लागि कुनैपनि खबर नआएको बताएको छ ।
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार जेनजीहरुबीचको विवाद नमिल्दा छलफल आजका लागि स्थगित गरिएको छ ।














