KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दोस्रोपटक हत्या आरोपमा पक्राउ परे रामबाबु साह, सम्बन्ध र लेनदेनमा विवाद

दोस्रोपटक हत्या आरोपमा पक्राउ परे रामबाबु साह, सम्बन्ध र लेनदेनमा विवाद

जनकपुर, १५ साउन । धनुषाको जनकपुरमा एक किशोरीको निर्मम हत्या भएको छ । घटनामा संलग्न रहेको आरोपमा ३५ वर्षीय रामबाबु साह पक्राउ परेका छन् ।

उनी क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका बासिन्दा हुन् । हत्या भएकी अञ्जली यादव बटेश्वर गाउँपालिका–५ की १५ वर्षीया किशोरी हुन्, जो हाल जनकपुर उपमहानगरपालिका–४ मा भाडाको कोठामा आमा र आफन्तहरूसँग बस्दै आएकी थिइन् ।

प्रहरीका अनुसार, साहले सोमबार राति ११ बजे अञ्जली बसोबास गरिरहेको कोठामा पुगेर खुकुरी प्रहार गरेका थिए । घटनामा अञ्जलीको घटनास्थलमै मृत्यु भयो भने उनकी आमा आशादेवी यादव र मामाकी छोरी राधा यादव घाइते भए ।

घाइतेमध्ये आशाको अवस्था गम्भीर रहेको र उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ । राधाको भने उपचारपछि डिस्चार्ज गरिएको छ ।

धनुषाका डिएसपी वरुणबहादुर सिंहले दिएको जानकारी अनुसार, अभियुक्त साह र घाइते आशा यादवबीच प्रेमसम्बन्ध रहेको थियो । उनीहरूबीच आर्थिक लेनदेन पनि भइरहेको देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

आशा आर्थिक रुपमा सक्षम भएपछि साहलाई बेवास्ता गर्न थालेकी थिइन्, जसले साहलाई झनै आक्रोशित बनाएको देखिन्छ । प्रहरी अनुसन्धान अनुसार, रामबाबु साहले सन् २०७१ मा आफ्नै पत्नी सरिता देवी साहको हत्या गरेका थिए । त्यसपछि उनी जेल परेका थिए र पाँच वर्षपछि, २०७७ मा रिहा भएका थिए ।

यो दोस्रो पटक उनी हत्या अभियोगमा पक्राउ परेका हुन् । स्रोतका अनुसार, रामबाबु र आशाबीच सम्बन्ध रहेको थाहा पाएपछि आशाका श्रीमान् दिनेश यादवले विरोध जनाएका थिए ।

उक्त घटनापछि प्रहरीको मध्यस्थतामा छलफलसमेत भएको थियो र रामबाबुले जरिवाना तिरेर आशासँग बस्ने सहमति जनाएका थिए । तर पछि आशाले श्रीमान्लाई पुनः स्वीकार गरेपछि साहले आफूलाई बेवास्ता गरिएको महसुस गर्दै हत्याको योजना बनाएका थिए । धनुषाका एसपी नरहरी रेग्मीका अनुसार, हालसम्मको अनुसन्धानले यो घटनाको पछाडि अवैध सम्बन्ध र आपसी धोका मुख्य कारण भएको देखिन्छ । उनले भने, “हत्या योजनाबद्ध भएको छ, हालसम्म एकै जनाको संलग्नता देखिएको छ ।”

प्रहरीले अभियुक्तको साथबाट हत्या प्रयुक्त खुकुरी र सवारीसाधन बरामद गरेको छ । यस विषयमा थप अनुसन्धान जारी रहेको प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comment

Related Posts

चाडपर्व सुरक्षाका लागि देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

चाडपर्व सुरक्षाका लागि देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

जनकपुर-अयोध्या रेलसेवाको परीक्षण, उद्घाटनको तयारी तीव्र

जनकपुर-अयोध्या रेलसेवाको परीक्षण, उद्घाटनको तयारी तीव्र

भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री बालेनबीच शिष्टाचार भेट

भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री बालेनबीच शिष्टाचार भेट

डा. केसीको अडान : मन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता

डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारसँग चिकित्सक संघको आग्रह

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पुनर्बहालीको माग गर्दै पूर्वआईजीपी कार्कीले दिए सर्वोच्चमा रिट

पुनर्बहालीको माग गर्दै पूर्वआईजीपी कार्कीले दिए सर्वोच्चमा रिट

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar