काठमाडौं, १५ , साउन। बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण रोकिएको छ ।
आज दिउँसो १ बजेका तय भएका शपथग्रहण समारोह प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अकस्मात् बिरामी परेपछि रोकिएको हो ।
स्वास्थ्यमा समस्या आएपछि उनी आज बिहानै काठमाडौं आएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले बताए ।
अर्को सूचना प्रकाशन नभएसम्मका लागि अहिले शपथग्रहण कार्यक्रम स्थगन गरिएको उनले बताए ।
‘बागमती प्रदेश सरकारका नवनियुक्त माननीय मन्त्रीज्यूहरूको शपथ ग्रहण समारोह मिति २०८२ श्रावण १५ गते बिहीबार दिनको १ बजेको लागि तोकिएकोमा माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात् समस्या आएकोले उपचारार्थ आज बिहानै काठमाडौं प्रस्थान गर्नु भएको हुँदा माननीय प्रदेश प्रमुखज्यूको निर्देशानुसार अर्को सूचना प्रकाशन नभएसम्मको लागि शपथग्रहण कार्यक्रम हाललाई स्थगन गरिएको ब्यहोरा जानकारीको लागि अनुरोध छ ।’विज्ञप्तिमा लेखिएको छ,।
मुख्यमन्त्री बहादुरसिंह लामाले हिजो गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए । उनी संसदीय दलको निर्वाचनमा पराजित भएका थिए ।
उनलाई दलको नेताका लागि भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँले पराजित गरेका थिए ।














